
नगरपालिकाले आर्थिक सहयोग गरेको उक्त कार्यक्रममा बाल अधिकारकर्मीहरुले थुपै्र भाषण छाँटे । बालअधिकारका क्षेत्रमा कनुै कसुर पनि बाँकी नराख्ने प्रतिबद्धता जनाईएका थिए । तर, ब्यस्त सडकको छेउमा खुल्ला आकासमा रात बिताईरहेकी उनको बालअधिकार सुनिश्चित कस्ले गरिदिने हो ? त्यसको टुङ्गो छैन । अधिकार दिलाउन आबश्यक पर्ने ठाँउ सम्म पुग्नुपर्नेहरु नपुगेपछि त्यस्को औचित्य पुष्टि हुँदैन । उनको न खानापानको ठेगान छ, नत वासको , एउटा पातलो कम्बल अनि गुन्द्रीमा खुल्ला आकासमुनी वास छ । मंसिरको यो चिसोमा उनको हालत के हुन्छ होला ?
आसपासका दयालु मनहरुले सहयोग गरेमा उनको मुखमा चारो पर्छ अन्यथा भोकभोकै बित्छ । तर, उनी कसैसंग गुनासो गर्दिनन् , बोल्दिनन् । न त कसैसंग भोक लाग्यो भनेर खाना माग्छिन्, न त प्यास लाग्यो भनेर पानी नै माग्छिन । उनी आँफै र एक्लै कतै उठेर हिड्डुल पनि गर्दैनिन् । कतिपयले उनलाई जिउँदो हो वा लास हो भनेर भिड लागेर नियाली रहेका हुन्छन् । तर, त्यसको उनलाई कुनै प्रवाह छैन । जव ति बालिकाले मुन्टो उठाउँछिन अनि ज्यूँदै रहेछ भनेर मानिसहरु लाखापाखा लाग्छन् । उनलाई न कसैले दयाँ गर्छ न कसैले माया ।
उनी कहाबाट र कसरी त्यहाँ आईन् कसैले चासो पनि राख्दैनन् । अझ त्यसमा पनि आर्दशका भाषण छाट्ने ति अधिकारकर्मीहरु पनि दैनिक त्यही बाटो ओहोर दोहोर गरिरहेका हुन्छन्, तर उनलाई उद्धार गर्ने त के उल्टै नाक थुनेर हिडिरहेका हुन्छन् । नजिकै गुम्राह चोकमा प्रहरी बिट पनि छ, जहाँ जनताको करबाट जीवन निर्बाह गरेका राष्ट्र सेवक प्रहरी बसेका हुन्छन् । उनको कर्तब्य हो , जनताको ज्यू धनको सुरक्षा गर्ने । तर, एउटा अबोध बालिका सडकमा, त्यो पनि कठ्याङ्ग्रीदो जाडोमा रात बिताईरहदा उनीहरु त्यही रमिता हेरिहरेका हुन्छन् । तीन हप्ता बिति सक्दा पनि प्रहरीले उद्धार गर्न कुनै पनि कसरत थालेको छैन् । प्रहरीका अनुसार वालिकाले आफ्नो नाम र ठेगाना स्पस्ट नभन्दा समस्या भएको छ । उनी कसैसंग केही बोल्दैनिन् । उनी कहाँबाट आईन, कसरी आईन त्यो पनि केही अत्तोपत्तो छैन । त्यहाँ वरपरका बासिन्दाले उनलाई गाडिमा ल्याएर कसैले छोडेको हुन सक्ने अनुमान गरेका छन् ।
शुसिलाले भनिन् ‘ म बाहेक कसैसंग बोल्दिनन् , उनको घर कहाँ हो त्यो पत्ता लाग्न सकेको छैन । त्यो भनेमा उनको परिवारलाई जिम्मा लगाउन पनि सहज हुनेथियो । ’ तुलसीपुर क्षेत्रमा मानबअधिकार तथा बालबालिकाका क्षेत्रमा काम गर्ने थुप्रै सरकारी तथा गैरसकारी संस्थाहरु छन्, तर ती संस्थाहरु उनलाई देखेरपनि नदेखझै गरिरहेका छन् । तुलसीपुर नगरपालिका , नगर बाल संजाल, नवजागरण महिला तथा बालसंरक्षण केन्द्र,न्युसिपिसिलगायतका संस्थाका प्रतिनिधि उनी रातदिन बस्दै आएको बाटो भएर ओहोर दोहोर गरिरहँदा समेत उनलाई वास्ता गरेका छैनन् ।