इन्द्रेणी संवाददाता
रूकुम, २९ कार्तिक । रुकुममा पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुममा प्याराग्लाइडिङको परीक्षण शुरू गरिएको हो । पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको आयोजनामा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गर्न थालिएको हो ।
उनका अनुसार–रूकुमलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन प्याराग्लाइडिङको परीक्षण शुरू गरिएको हो । पहिलो चरणमा प्याराग्लाइडिङको सफल परीक्षणपछि व्यासायिक रूपमा प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने अध्यक्ष केसीले बताए ।
आगामी मङ्सिर ३ गतेसम्म प्याराग्लाइडिङको परीक्षण गरिनेछ, जसका लागि सुवास थापा इन्ष्ट्रक्टर, रमेश पहाडी टेण्डम, महेश रावल सोलो सिङ्गल र प्रविन क्षत्री सोलो सिङ्गललगायतको टोलीले प्याराग्लाइडिङको परीक्षण गरिरहेको छ ।