लोकप्रिय गायक हेमन्त शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव हमालको शब्द संगीत रहेको ‘जमिन मूनी बदाम फल्यो’ बोलको सार्वजनिक गीतमा श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।
भिडियोमा नायिका प्रियंका कार्की र आकाश श्रेष्ठलाई फिचरिङ गरिएको छ । राजिव समर कोरियोग्राफी रहेको भिडियोलाई धिरज जंग शाहको छायाँकनमा प्रकाश तुलाधरले सम्पादन गरेक छन् ।