काठमाडौं, १० कार्तिक । जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरूबीच ‘एक नगरपालिका एक साझेदारी कार्यक्रम’अनुसार काठमाडौंका १० स्थानलाई पर्यटन गन्तव्य बनाइने भएको छ ।
कार्यक्रमले ठूला भौतिक पूर्वाधारबाहेक बगैंचा, पार्क तथा खेल मैदान निर्माण र ऐतिहासिक पोखरी संरक्षणलगायतका सार्वजनिक जमिन संरक्षण गर्नेछ । यसले खुल्ला स्थान पहिचान गरी त्यसको संरक्षणमा सहयोग गर्ने अपेक्षा लिइएको जिविसका वरिष्ठ सूचना अधिकृत प्रविण प्याकुरेल बताए ।
काठमाडौं महानगरपालिका बाहेकका १० वटा नपामा यो कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमका लागि जिविसले २ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।