पोखरा ७ कत्तिक। पोखरा-२५ पुम्दीभुम्दी स्थित पुम्दीकोटमा शिव भगवानको बिशाल मुर्ति बन्ने भएको छ । खरादेखी करीब १३ किलोमिटर दक्षिण पश्चिम पर्ने फेवातालको दक्षिणी किनारको माथिल्लो भाग अर्थात हाल रहेको पुम्दीकोट टावरसँगै १ सय ८ फिट अग्लो भुमेश्वर महादेवको मुर्ति बन्ने भएको हो ।
पुम्दीकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गरेर पर्यटन आगमनमा बृद्धि गर्ने उद्धेश्यले निर्माण गर्न लागिएको शिव मुर्ति तथा स्मृति पार्क कुल १७ रोपनीमा बनाइन लागेको छ ।
जसमध्ये १२ रोपनीमा पूर्वाधार निर्माण गरिने पुम्दीकोट बिशाल महादेव मुर्ति निर्माण, उपभोक्ता एवम् पर्यटन प्रबर्द्धन समितिका संयोजक चन्द्रकान्त वरालले जानकारी दिए ।
अनलाइनखबर बाट