
कतारमा पाँच घण्टा भन्दा बढीको ट्रान्जिट भएका सबै देशका यात्रुले यस्तो सुविद्या पाउने बताएका छन् । यस अघि ८ घण्टाभन्दा लामो ट्रान्जिट भएका यात्रुलाइ कतारले ४८ घण्टाका लागि एयरपोर्टबाट निशुल्क भिसा दिने गरेको थियो ।
पाँच घण्टाभन्दा बढी ट्रान्जिट परेका यात्रुहरुले निःशुल्क भिसा पाउने छन् । थप यात्राको प्रमाण देखाएपछि अध्यागमले विमानस्थलमै भिसा दिने दोहा न्युजले जनाएको छ । गएको वर्ष युएईले पनि चारदिने ट्रान्जिट भिसा दिएको थियो ।