शँकर के सी
सल्यान, ६ असोज । सल्यानी गायक रमेश क्षितीज गिरिले चर्चीत गायिका पूर्णकला विसीलाई तुलसीपुर चोकमै भेटेर विहेको प्रस्ताव गरेका छन् ।

त्रिवेणि फिल्म्स् प्रालिको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरि गित यो झिल्के ठिटो को म्युजिक भिडियोमा रमेश र पूर्णकलाको विचमा यस प्रकारको संवाद् भएको हो ।
रमेश क्षितीज गिरि र पूर्णकला विसिको खुलेको स्वरमा पार्वती राइ र पिस्कर पुनले छमछमी नाचेका छन् । गितमा शव्द र लय पनि रमेश क्षितीजकै छ । म्यसजिक भिडियोको निर्देशन विकास घले गुरुङले गरेका हुन् भने छायांकन हरिर रामेश्वर र सम्पादन सोहोन मानन्धरले गरेका हुन् ।