बिकाश डाँगी
तुलसीपुर ५ असोज । जिल्ला प्रशासन कार्यालय दाङले बजार अनुगमनलाई तिव्रता दिएको छ । जिल्लाका विभिनन स्थानमा अनुगमनलाई तिव्रता दिएको प्रशासनले बुधबार तुलसीपुर बजार अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दुलालको नेतृत्वमा गएको खाद्य निरक्षण ईकाईका खाद्य निरीक्षक प्रतिक जोशी, घरेलु कार्यालयका उद्योग अधिकृत उमबहादुर ओली, तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्रलाल वली, प्रहरी र पत्रकाहरुको टोलीले तुलसीपुर बजारका १६ वटा विभिन्न पसलहरुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिनु भयो ।
यसैविच आबस्यक कागजपत्र नभएको भन्दै महेन्द्र मेडिसीनका सञ्चालकलाई कागज पत्र सहित एक हप्तामा जिल्ला प्रशासनमा उपस्थित हुन टोलीले निर्देशन समेत दिएको छ ।