Indrenionline.com

बाँकेलाई प्रदेश नं. ५ को राजधानी बनाउन माग

इन्द्रेणी संवाददाता
बाँके, ५ असोज । बाँकेलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन माग गर्दै बाँके राजधानी सर्वदलीय सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधवार नेपालगन्जमा पत्रकार सम्मलनको आयोजना गरेर असोज १४ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारले माग सुुनुवाई नगरे कडा आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ ।

हाल सार्वजनिक गरिएका आन्दोलना कार्यक्रमबाट माग सुनवाई नभए तिहारपछि आम हडताल, नाकाबन्दी र भन्सार ठप्प लगायतका कडा आन्दोलन गर्ने बाँके राजधानी सर्वदलीय सङ्घर्ष समितिका संयोजक रत्न खत्रीले बताए । आन्दोलनको केन्द्रबिन्दुु कोहलपुर चौराहालाई बनाइने जनाउँदै उनले कोहलपुरबाट कुुनै पनि साधन कतै जान नदिने बताए ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री पशुपति दयाल मिश्रले आन्दोलनरत् मधेसवादी दलहरूको सीमाङ्कनसम्बन्धी मागको टुंगो नलाग्दै दाङमा उच्च अदालत राख्ने निर्णय गर्नु ठुलो षडयन्त्र भएको जनाए ।