भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवादमा ४० वसमा आगजनी गरिएको छ ।
तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो ।
बेङलुरुमा हाल ७ स्थानमा कफ्र्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएका छन् । यो विवाद पहिलेदेखि नै चुलिदै आएको थियो ।