बर्दिया। प्रचण्ड गर्मी र बर्षादको असन्तुलनका विच तराईमा भाईरल ज्वरोका विरामीको संख्या वढ्दै छ। घाम, पानी र वाढीले वातावरणीय सन्तुलन प्रभावित पारेसँगै भाईरलको प्रकोप फैलिएको हो।mयतिखेर बर्दिया जिल्ला भरिनै विरामीको संख्या वढेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ। प्रदुषित पानी, असन्तुलित आहार विहार लगायत वदलिँदो मौसमका कारण पनि बर्दिया लगायत तराईमा भाईरल ज्वरोले सताएको जिल्ला अस्पताल बर्दियाका डाक्टर अर्जुन भट्टले वताएका छन्।
वर्षाद र वाढीको समय भएकाले सजग रहन उनको आग्रह छ। उनले भने सरसफाई र पिउने पानी लगायत आहार विहारमा यतिखेर विषेश ध्यान दिनु पर्छ। स्वच्छ वा उमालेर पानी पिउनु पर्नेमा उनले सचेत गराएका छन्। मनसुनको समय भएकाले सावधानी अपनाउनु पर्नेमा उनको जोड छ। हिडडुल गर्दा माक्स प्रयोग गर्ने र भाईरल सरुवा भएकाले विरामीको नजिक पर्दा ख्याल गर्नु पर्ने दोहोराए। बर्दियामा यतिखेर भाईरल ज्वरोका प्रशस्त विरामी भेटिन्छन्। स्थानिय मेघराज सिग्देल दुई दिन देखि एक्कासी थला परेको वताउँछन्। उनले भने ज्वरो, रुघाखोकी आईरहेको छ टाईफाईड होकी भनि रगत जचाउन ल्यावमा आएको छु। यतिखेर स्थानिय वातावरण नै रोगी भएजस्तो लाग्छ उनले भने घर टोल लगायत सवैतिर विरामी भएकाहरु नै वढी भेटिन्छन्