महाधिवेशन प्रतिनिधि थपघट विवादका कारण अवरुद्ध हँुदै आएको निर्वाचन प्रक्रिया नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको सहमतिअनुसार एक दिनपछि सारिएको हो ।
जारी ११ औँ महाधिवेशनमा सभापति देउवा र नेता सिटौला पक्षबीच औपचारिक रूपमा नै सहकार्य गरिएको छ । सोअनुसार सङ्घको अध्यक्षका लागि नैनसिंह महर र महामन्त्रीमा कुन्दनराज काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, शुभराम बस्नेत र सरोज थापाले अध्यक्ष र महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । यी उम्मेदवार सभापति देउवासँग निकट छन् ।
वरिष्ठ नेता पौडेल पक्षधर विद्यार्थीहरूबीच अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने विषयमा सहमति हुन सकेको छैन । विद्यार्थी नेता दीपक भट्टराई र मनोजमणि आचार्यमध्येबाट एक जनाले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको नेताहरूले जनाएका छन् । सहमतिमा सम्भवतः एक जनाले अध्यक्ष र अर्कोले महामन्त्रीमा उम्मेदवारी दिन सक्ने नेविसङ्घका प्रवक्ता युपी लामिछानेले बताउनुभयो । उम्मेदवार दर्ता बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।
