दाङ, ३१ साउन
दाङको घोराहीमा हर्वल कस्मेटिक पसल खुलेको छ । घोराहीको जिविस रोडमा पुष्पाञ्जली हर्वल कस्मेटिक सेन्टरको उद्घाटन गरिएको हो । पुष्पा बस्नेतले सञ्चालनमा ल्याउनुभएको सेन्टरको दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्क बुढाथोकीले उद्घाटन गर्नुभएको छ ।
५ लाखको लगानीमा सञ्चालनमा ल्याइएको हर्वल कस्मेटिक सेन्टरमा गोर्खा व्राण्डका चियापत्तीदेखि कस्मेटिक सामग्री पाइने सञ्चालक बस्नेतले जानकारी दिनुभयो । सेन्टरको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाथोकीले स्वदेशी उत्पादनको प्रवद्र्धनसँगै प्रचारप्रशार गर्नुपर्ने बताउनुभएको थियो ।
जिल्लामा यस प्रकारमा पसलहरु खुल्नु खुसीको कुरा हो भन्दै उहाँले व्यवसाय प्रवद्र्धनका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन पत्रकार निशानदाजु भट्टराईले गर्नुभएको थियो ।।