Indrenionline.com

फेरी अर्को दुर्घटना- बैतडीमा बस दुर्घटना हुँदा ४ को मृत्यु

बैतडी, ३१ साउन
धनगढीबाट बझाङ जाँदै गरेको बस बैतडीको सिद्धेश्वर गाविस ३ बृन्दाबन नजिक दुर्घटना भएको छ । उद्धार कार्य जारी छ । अहिलेसम्म ४ जनाको शव भेट्टिएको छ । 8511

सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ बस आज दिउसो ३ बजेतिर सडकबाट करीब २ सय मिटर खसेको हो ।

घटनाको बिस्तृत विवरण आउन बाँकी छ । उद्धारका लागि खोड्पेबाट बजार ब्यवस्थापन समिति, रेडक्रस र प्रहरी टोली गएको छ ।।