काभ्रे, ३१ साउन
काभ्रेमा भएको बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । काठमाडौंबाट कोशी पारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस कोलातीको खहरे भिरमा दुर्घटना भएको छ ।
दुर्घटनामा २२ जनाको ज्यान गएको डिएसपी नबिनराज राइले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ३० जना घाइते भएका छन् । प्रहरीका अनुसार बसमा ५० जना यात्रु थिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।