दाङ, ३१ साउन
दाङको रामपुर र लक्ष्मीपुर गाविसमा रहेका तीन दर्जन बढी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो साधारणसभा भदौभित्रमा गरिसक्ने निर्णय गरेका छन । सामुदायिक वन उपभोक्ता महासंघ सुनपुर इलाका महासंघको रामपुरमा सम्पन्न रेञ्जपोष्ट स्तरीय भेलाले लेखापरिक्षण गरी सवै वन समूहहरुले भदौभित्र आफ्नो साधारणसभा गरिसक्ने निर्णय गरेको हो । रामपुर र लक्ष्मीपुर गाविसमा रहेका ३६ वटा वन समूहका अध्यक्षहरु, इलाका महासंघका पदाधिकारी सहित सदस्यहरुको भेलाले साधारणसभा गरी सम्वन्धित कागजात सरोकारवाला निकायमा पठाउने निर्णय पनि गरेका छन ।
((