रुकुम, ३१ साउन
रुकुमको काँडा गाविसमा अज्ञात रोगका कारण ३० भन्दा वढि बाख्राहरु मरेका छन । वर्षायाम लागेसँगै देखिएको अज्ञात रोगका कारण दिनदिनै बाख्राहरु मर्ने गरेको स्थानीय पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । गत असार देखि अहिलेसम्म झण्डै ३० भन्दा बढी बाख्रा उक्त रोगबाट मरिसकेका छन ।
बाख्राहरुमा घाँस नखाने, ¥याल काड्ने, स्वास फेर्न गाह्रो हुने, पेट फुल्लिने लगायतका लक्षण देखिएको छ । यस्तो लक्षण देखिएको केही घण्टामै अधिकांश बाख्राहरुको मृत्यु हुने गरेको स्थानीय श्रीकृष्ण बुढाको भनाई छ ।
जंगलमा चराउन लिएको बेला वर्षायाममा उम्रिने विभिन्न विषालु घाँसहरु खाएका कारण बाख्राहरु मरेको हुन सक्ने स्थानीयको अनुमान छ ।
एउटै घरका ३÷४ वटासम्म बाख्रा मरेपछि किसानहरु मर्कामा परेका छन । अज्ञात रोगबाट बाख्राहरु धमाधम मर्न थालेपछि स्थानीय चिन्तत वनेका छन । काँडा गाविसभरमै फैलिएको यो रोग विशेष गरी वडा नम्बर ६, ७, ८ र ९ मा व्यापक फैलिएको छ ।।