अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो मेला रोक्न आदेशको माग गरिएको छ ।
रिट निवेदनमा भनिएको छ, “ज्यूँदो चौरी गाईको जिउबाट निकालिएको रगत पिउने मेला गैरकानुनी कार्य हो ।”
