Indrenionline.com

सर्पको टोकाईवाट एक जना गम्भीर घाईते

जाजरकोट, ३० साउन । 
विशालु सर्पको टोकाईवाट जाजरकोट जिल्ला भेरीमालिका नगरपालिका १ खलंगा निवासी जसविर परियार गभ्मीर घाईते भएका छन् । गएराती खानाखाएर घरको भुईमा सुतेका ४८ वर्षिय परियारलाई विशालु शर्पको टाकाईवाट घाईते भएका छन् । विहान करिव १ वजेतिर दाँया हातको औलामा शर्पले टोकेको घाईते परियारका छोरा गोपाल परियारले जानकारी दिए । जिल्ला अस्पताल जाजरकोटमा प्राथामिक उपचार पछि थप उपचारको लागी घाईतेलाई चौरजहारी अस्पतालमा भर्ना गरिएको छ ।snake-1

अचेत अवस्थामा रहेका परियारलाई किर्तिम श्वासप्रश्वास दिएर उपचार भैरहेको छ । चौरजहारी अस्पतालमा एन्टी स्नेक भेनम नभएकोले जिल्ला अस्पताल रुकुममा औषधी माग गरीएको अस्पतालका वाल रोग विशेषज्ञ डाक्टर कालेव वुढाले जानकारी दिए ।

चौरजहारी अस्पतालमा वार्षिक २० जना सर्पदंम्सका विरामी आउने गरेको अस्पतालले वताएको छ ।करेत शर्पले डसेका विरामीहरुका लागी १० देखि २० र कोव्रा शर्पले डसेका विरामहिरुका लागी ४० देखि ५० भाईल एन्टी स्नेक भेनम आवाश्यक पर्ने डाक्टर वुढाले वताए ।

विश्वमा १ सय २१ र नेपालमा ६३ प्रजातिका सर्प पाईने तथ्यांकमा उल्लेख गरीएको छ ।