Indrenionline.com

डुम्मरगाउँमा दुई दिने योग शिविर सम्पन्न

घोराही, ३० साउन । 
घोराही नगरपालिका–७ डुम्मरगाउँमा दुई दिने योग पताञ्जली शिविर सम्पन्न भएको छ । ‘गरौ योग, रहौ निरोग’ भन्ने मुल नाराका साथग डुम्मरगाउँ टोल विकास सस्थाले आयोजना गरेको निशुल्क योग शिविर आज सम्पन्न भएको हो । टोल विकास सस्थाक अध्यक्ष बिमला गिरीको अध्यक्षमा भएको समापना कार्यक्रममा पताञ्जली योगपिठ समिति दाङका अध्यक्ष योग गुरु तोयनाथ योगी,योग पिठका उपाध्यक्ष उदयबहादुर डागी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (जिफन्ट) राप्तीका अध्यक्ष शिवराज पन्थी, सारदा गिरी, िटका गिरी लगायतले योगको महत्वको बारेमा बोल्दै स्वस्थ सरिरका लागि योगको आवश्यकता रहेको बताउनुभएको थियो ।cc1

पछिल्लो समयमा मानिसहरु शुखी र मिठो खानाका नाममा विभिन्न प्रकारका रोगहरुको संक्रमण पर्ने गरेको भन्दै बक्ताहरुले त्यस्ता रोगहरुवाट बच्दै स्वस्थ्य शरिर बनाउनका लागि प्रत्येक मानिसहरुले योग साधना गर्न जरुरी रहेको बताउनुभएको थियो ।

योग पताञ्जली कार्यक्रमको समापन अवसरमा योग गुरु तोयानाथ योगी र डुम्मरगाउँए टोल विकास सस्थाका उपाध्यक्ष कमला रोकामगरलाई योगका क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो ।उपाध्यक्ष कमला रोका मगरको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन टोल विकास सस्थाका सल्लाहकार कैलाश रोकामगरले गर्नुभएको थियो ।।