तुलसीपुर, ३० साउन
बजार क्षेत्रमा बहुला कुकुरको आतंक सृजना भएपछि दाङको तुलसीपुर नगरपालिकाले कुकुरहरुको व्यवस्थापन गर्न सुरु गरेको छ । आज ४० वटा कुकुरहरुलाई विषादी हालेर माएिको छ । नगरपालिका र ईलाका प्रहरी कार्यालय तुलसीपुरको संयूक्त टोलिले बजारमा रहेका बहुला कुकुरहरु व्यवस्थापन गरेको हो ।
बहुला कुकुरको विगविगी बढेपछि स्थानीयवासीले कुकुर मार्न दवाव दिएपछि कुुकरहरु मारिएको हो । बजारमा बहुला कुकुरहरु अत्याधिक मात्रमा बढ्दै जानु, रेविज लागेका कुकुरहरुले एक हप्ता भित्रै तीन दर्जन वढी व्यक्तिलाई टोकेपछि कुकुर मार्न दवाद आएको सरोकारवालाहरुले बताएका छन् ।
वजारमा कुकुर आतंक सृजना भएपछि सार्वजनिक मिडियाहरुमा अपिल नै जारी गरि सचेत रहन आग्रह गरेको नगरपालिकाले साधारणहरुलाई जथाभावि टोक्न थालेपछि कुकुहरुको व्यवस्थापन सुरु गरेको सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । यस्तै, अन्य रेविज लागेका कुकुरहरुको पनि खोजी कार्य भईरहेको छ ।।