जाजरकोट, ३० साउन
जाजरकोटमा अरिङ्गालको टोकाइवाट दुई बालबालिकाको ज्यान गएको छ । भेरीमालिका नगरपालिका ७ खातीगाँउका नरोज पुनका छोरा ५ वर्षका रिजन र कलावति पुनकी छोरी ३ वर्षकी भावनाको ज्यान गएको हो । बाँदरले वारीमा मकै खाएर हैरान पारेपछि घर नजिकै बाँदर हेर्न गएको बेला रिजन र भावनालाइ हिजो अरिङ्गालले टोकेको थियो । 
नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न नसकिएको र घरेलु उपचार गरेपनि उनीहरुलाइ वचाउन नसकिएको बालकका बुवा नरोजले वताउनुभयो ।
यस्तै, कलावतिकी ७ वर्षकी छोरी कविता पुन गम्भीर घाइते भएकी छन् । घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर गएकी थिइन् ।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल पु¥याइएको छ ।।