Indrenionline.com

शैक्षिक हड्तालको पुर्व सन्ध्यामा घोराहीमा प्रदर्शन

दाङ, ३० साउन
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले २ दिने शैक्षिक हड्तालको पुर्वसन्ध्यामा आज घोराहीमा प्रदर्शन गरेको छ । शिक्षा क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै भोली र पर्सी शैक्षिक संस्था वन्दको घोषणा गरेको सो संगठनले त्यसको पुर्वसन्ध्यामा आज घोराहीमा प्रदर्शन गरेको हो । घोराहीका विभिन्न कलेजहरुवाट सहभागी सयौं विद्यार्थीहरुको ¥याली तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।2

शिक्षामा व्यापारीकरण वढ्दै गएको, प्लस टु र वोर्डिङ स्कुलहरुको शुल्क वढाएको विरोधमा आज प्रर्दशन गरिएको सो संगठनले जनाएको छ ।

बैज्ञानीक शिक्षा लागु गर, शुल्क वृद्धि अन्त्य गर जस्ता नारा लगाउँदै घोराहीका पद्मोदय, दाङ भ्याली, विद्यानिलकण्ठ, ज्ञानसिन्धु लगाएतका उच्च माविका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।

कोणसभालाइ सम्वोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं राप्ती व्युरो इन्चार्ज प्रकाश शाहीले आफुहरुको आन्दोन विद्यार्थीको हकहित र अधिकारका पक्षमा भएको वताउनुभयो ।

नेपालको शिक्षा नीजिकरण, व्यापारीकरण, दलालिकरण, माफियाकरण र भ्रष्टिकरणले आक्रान्त वन्दै गएको उल्लेख गर्दै शाहीले त्यसका विरुद्ध अव विद्यार्थी वर्ग लाचार भएर वस्न र मुकदर्शक बन्न नसक्ने उल्लेख गर्नुभयो ।

अहिले निजी विद्यालय र प्लस टु मा गरिएको १० देखी ३० प्रतिशत शुल्क वृद्धिले आम जनतालाई मर्कामा पर्ने काम गरेको, शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको भन्दै शाहीले आपत्ति जनाउनुभयो ।  यस्तै, भारतीय स्कूलहरुलाई सम्बन्धन दिएर राष्ट्रघात गरेकोले उक्त सम्बन्धन तत्काल खारेज गर्नुपर्ने भन्दै उहाँले खारेज नगरेसम्म यसविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

विद्यार्थी नेता शाहीले सीटीईभीटीले विद्यार्थीलाई प्राविधिक कोर्स अध्यायन गर्नबाट बन्चित गरिरहेको आरोप लगाउनुभयो ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मदन केसीले गर्नुभएको थियो ।।