दाङ, ३० साउन
दाङमा प्रहरीले ढुंगाजन्य वस्तु ओसारपसार कार्यमा संलग्न ९ वटा तेक्टरलाइ नियन्त्रणमा लिएको छ । तुलसीपुरको पातुखोलावाट वालुवा ओसारपसारमा संलग्न रहेका ९ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । नियन्त्रणमा लिएका मध्य ५ वटा खालि र ४ वटा वालुवा लोड गरेको ट्रेक्टर नियण्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।
लोड सहित पक्राउ गरीएको रा १ त २३२४, रा १ त २००३, रा १ त ७२१ र लु २ त ३२२२ नम्वरको ट्याक्टरलाई ईप्रका तुलसीपुरमा राखीएको प्रहरी प्रमुख डिएसपी प्रसाईले जानकारी दिनुभयो ।
खाली अवस्थामा पक्राउ परेका लु २ त ५४३४, लु २ त ४३१८, रा १ त १८८०, रा १ त १७७७ र अर्को एक गरि ५ वटा ट्याक्टरलाई जरीवाना तिरायर छोडीएको प्रहरीले वताएको छ ।
ईप्रका तुलसीपुरमा राखिएका ट्रयाक्टरलाई भने आज जिल्ला विकास समितीमा बुझाईने प्रहरीले वताएको छ ।।