धनिराम शर्मा(ऋतुविचार)
करिब ५ दशक यता प्यूठानमा भिषण वर्षा भयो, श्रावणको दोश्रो साता भिषण वर्षाले प्यूठानको पश्चिम उत्तरका १५ गाविसमा बज्रपात ग¥यो, मानवीय हताहत तथा भौतिक क्षति भएकोे समाचार ब्रेक भइरहेका थिए । राप्तीका प्यूठान र रोल्पामा मानवीय क्षति भएका खबर आइरहेका थिए, विशेष गरि प्यूठान अनि फोप्लीमा दैनिक मानिसहरुको शव भैटिएका, घर ढलेका, पहिरो निरन्तर झरिरहेको, जमिन धाजा धाजा भएको समाचारले स्थान पाइरहेका थिए । प्राकृतिक विपत्तीले प्यूठान अनि फोप्ली सबै भन्दा क्षतविच्छेद भएका दृष्य ठोक्किरहेका थिए समाचार स्किनमा । यता पत्रकारिताको मुल मर्म सामाजिक उत्तरदायित्वको भारीले थिचिरहेको थियो । प्रतिकुल मौसमका बावजुद प्यूठान यात्राको साइत जुरेको थिएन, यद्यपी विशेष गरि प्यूठानको प्राकृतिक विपत्तीले निम्त्याएको दर्दनाक कथाको छिटो भन्दा छिटो सार्वजनिक गर्नुको मेरा आगाडि विकल्प थिएनन् । व्यूरो कार्यालय दाङको जिम्मेवारीको हैसियतले राप्तीका पाँच वटै जिल्लाको समाचार स्टोरीको अपडेट गर्न र गराउनु मेरो दायित्व थिए अपितु भएपनि तर अपेक्षाकृत हुन सकिरहेका थिएनन् । यद्यपी जिल्ला रिर्पाेटर सहकर्मीहरुबाट समाचार अपडेट नभएका भने होइनन् ।
लुप्लुङबाट करिब डेढ घण्टाको हाम्रो हिडाइले अधँेरी खोला छिचोल्दै क्षेत विच्छेदको भूगोलमा पुग्दै गर्दा पीडितहरु आफन्त खोजीरहेका थिए । पीडितका आफन्तको जीवन लिला कालजायी पहिरोले चँुडाइसकेको थियो, भग्नावेश भन्दा अरु केही भेटिएको थिएन । थियो त आफन्तको सम्झनासंगै भत्किएका घर अनि भासिएको पाखो । आफ्नो भत्किएका घरको अवेशष खोज्दै थिए, कोही बिरामी डोकामा बोकेर बिजूवार पुराउने तनावमा थिए । घर आँगनको जिवन गुजाराको आधार मकै बारी धाजा फाटेर हेर्नै डर लाग्ने थियो । जसरी पहिरोले जमिन फाटेको छ, त्यस्तै उनीहरुको पीडाले मन फाटेको छ, पहाड नै चिरा चिरा परेको छ । गाँउ नै सखाप भएको छ,। स्वास्थ्य छैन संचार छैन गास छैन बास छैन अनि आफन्तले छोडी गए अब यो ठाँउमा कसलाई हेरेर बस्ने यस्तै यस्तै पीडाका ध्वनीहरु भत्कीएका जमिनमा उभिएर उनीहरु दुखका कहानी सुनाउदै थिए, भासिएको जमिनको अध्याँेरा चिरातिर नजर ठोकाउदै नियतीको कथा बाचन गर्दै थिए, तीन दिनपछि हेलिकप्टरबाट सरकारी टोली पुगेपनि टोली एकबोरा चामल छोडेर फर्किएको र त्यसपछि कोही नपुगेको उनीहरुले सुनाए, फोप्ली पुग्नु अघि सिडियो साहेवले त्रिपाल लगायतका अत्यावश्यक वस्तु पठाएको हामीलाई सुनाएका थिए, तर दुइ दिनको फोप्ली बसाईमा हाम्रो टीमले कतै न त त्रिपाल भेट्यो न त औषधीका सामाग्री । कहि कतै प्यूस भेटिएपनि पीडितहरु प्यूसको सेवन कसरी गर्ने अनविज्ञ थिए । स्वास्थ्यको अवस्था निकै दर्दनाक थियो । बास गास कपास सबै विहिन भएका उनीहरुसंग जीउको एकसरो लुगा र पीडाको भारी मात्रै थियो, यद्यपी स्थानीय प्रशासन र केही पाटीका कार्यकर्ताहरुले फोप्ली पुग्नु अघि खलंगामा कुनै समस्या नभएको हामीसंग शेयर गरेका थिए ।
फोप्लीको दुइ दिन बसाईमा स्थानीय अगुवा नारायण शर्मा, रामबहादुर भण्डारी, कंग्रेस कार्यकर्ता देवीराम पुनको सहजीकरणले हामीलाई पीडितका कथा छाँयाकन गर्न निकै सजिलो भयो, अत्यन्तै सुन्दर ठाँउ मिठास मानिसहरुको सघन बस्ती फोप्ली प्रकृतिको निर्मम प्रहारले भने टुक्रा टुक्रा भएको छ ।
टुक्रा टुक्रा भएको फोप्लीको दृष्य क्यामेरामा कैद गरेर हामी शानिबार बिजुवार फर्कियौ, हामी फर्किदै गर्दा पीडामा छटपटाएका फोप्लीबासीले हामीलाई विदाईको हात हल्लाउदै थिए, आँसु र पीडाको भारी फुकाउन उनीहरुलाई कसले साथ देला भन्ने प्रश्न हाम्रा मनमा उठिरहेका थिए । पत्रकारको दायित्वको उनीहरुको कथालाई आमसंचारबाट सार्वजनिक गर्न भन्दा अरु त के पो हुन्छ र तैपनि मानवीय भावनाले निकै पोलिरहेको थियो । प्रकृतिको प्रलयको बज्रपात थला परेको फोप्लीको दृष्यको भारी बोकेर बिजुवार हुदै दाङको कार्यालयमा आइयो दोस्ती गजेन्द्र बोहरासंग
सोमबार फोप्लीको न्यूज स्टोरी लेखन तथा भिजुअल इडिट अनि अपलोड गरि मंगलबार एबीसी न्यूजको स्पेशल कार्यक्रम अप्रेशन विग न्यूजमा फोप्लीको आँसु र पीडाको स्टोरीसहितको दृष्य प्रशारण गरियो । करिब ६ दिनको मेहनतले फोप्लीको कथा प्रशारण गरियो, धेरै मानिसहरुले टिभी स्टोरी हेर्नु भयो । धेरै खाले प्रतिकृया आए धेरैले फोप्लीमाथि ठूलो न्याय गरेकोले हाम्रो मेहनतलाई तारिफ गरे तर केही दलका कार्यकर्ताहरुको झुण्डले सोसियल मिडियामा नकारात्मक टिप्पणी गर्न पनि भ्याए । समाज द्वन्द्वरत छ सकारात्मक र नकारात्मक प्रतित्रृmया आउछन् तर कति न्यायसंगत छ भन्ने कुरा नै प्रधान हुन्छ । जे जस्तो भएपनि पछिल्लो समय जिम्मेवारहरुको ध्यान आकर्षित भएको खबर प्राप्त भएका छन् । हाम्रो समाचारले पारेको प्रभाव भएकोमा कुनै दुइमत होइन तर लासमाथि राजनीति नगर्नुस् ।
अन्तमा पत्रकारितामा फ्रलो अपलाई कुशल पत्रकारिता मानिन्छ आगामी दिनमा राहात र पुर्नस्थापनाको सवालमा अप्रेशन प्यूठान फोप्लीको निरन्तरता जारी नै हुनेछ । आगामी दिनमा पनि हामी फोप्ली सहित प्यूठानको विपत्तीको कथा लेख्न सदैव क्रियाशिल रहने छौ । हाम्रो लेखनमा न हाम्रो क्यामेरा थाक्ने छ न हामी नै थाक्ने छौ । जय पत्रकारिता ।