Indrenionline.com

पशु पालन व्यवसायबाट मासिक ५० हजार आम्दानी

सन्तोष दहित/ दाङ
मोतिपुर ।  देशभरका लाखौ युवाहरु युवा दिवस मनाइरहदा दाङका युवा भने आफ्नो गाइ फारममा ब्यस्त थिए । गाउँ गाउँबाट युवाहरु जिल्लाको सदरमुकाममा युवा दिवश मनाउ गइरहेकाथिए भने रामपुर ६, मोतिपुरका २७ वर्षिया युवा गोपाल खनाल आफ्नो फारममा रहेका गाईहरुलाई घाँस दानापानी खुवाइरहकाथिए ।  आफुले धेरै युवा दिवसमा भाग लिइसकेको बताउदै खनालले एक दिन युवा दिवस मनाउदैमा युवाहरुको अधिकार पुरा नहुने बताए । त्यहि भएर आफु युवा दिवसमा भाग नलिएको खनालले भने–‘ पहिला धेरै युवा दिवस कार्यक्रम गरियो ।, ‘सव औपचारिक मात्र भयो, हुने केहि होइन, त्यसैले आफु व्यवसायीक रुपमा लागेको छु, उनले भने ।,

 एक वर्ष अगाडी ग्रिन लक्ष्मी गाई फर्म खोलेर उनले केहि दिन यतादेखि व्यवसायीक रुपमा गाई पालनमा लागेका हुन । सुरुमा एक लाख लगानी गरेर व्यवसायी सुरु गरेका खनालले अहिले करिब १६ लाख लगानी पु¥याएको उनले बताए । ‘जसबाट अहिले मासिक ५० हजार आम्दानी लिइरेको छु, खनालले भने– दुइवटा गाइबाट करिब ७०/७५ लिटर दुध बेचिरहेको छु ।’ ‘अरु गाईपनि तयारीमाछन्, ती गाइबाट पनि आम्दानी हुनथाल्योभने मासिक डेढलाख सम्म पुग्छ, उनले भने– बाछा सहित ९ वटा गाई अहिले पालिरहेको छु, यी सवैबाट आम्दानी आउन थाल्यो भने त एक वर्षमा लगानी उठछ ।’

‘५/६ वर्ष विभिन्न एनजिओ, तथा बोर्डिङमहरुमा जागिर खाएँ, तर एक सिक्को बचेन । जागिरल केहि पनि हुन नथालेपछि व्यवसायी गर्ने सोच बनाए, खनालले भने–‘पहिला बोइलर व्यवसायी गर्ने सोच बनाएकोथिए । गाउँमा व्यवसायी गरिरहेका साथिहरुकहाँ गएर हेरे, धेरै दुःख पनि देखे र आफुले व्यवसायी गर्दा छिमेकीलाई हानि पुगेको पनि देखेपछि बोइलर पाल्ने व्यवसयायमा मन गएन, उनले भने–‘त्यसपछि अर्को व्यवसायी गर्ने सोच बनाए र अहिले गाइ पालन व्यवासयमा लागेको हुँ ।’

अरु व्यवसायी भन्दा पनि सजिलो गाइपालन व्यवसायी भएको उनले सुनाए । बोइलर पालनमा निकै दुःख छ । गाई पालनमा दुइजना भएपनि पुग्छ खासै समस्या पनि हुदैन उनले भने  । ‘दुध पनि बजार बेच्न जानुपर्दैन, बजारबाट घरमै लिन आउने गर्छन, दुध बेच्नलाई पनि केहि समस्या नभएको उनले भने  ।’ ‘घर परिवारले पनि सहयोग गरेकाछन्, मलाई त धेरै सजिलो छ । यी लगानी गरेर विदेश गएको भए के हुनेथियो के, छोराले घरमा लगानी गरेर व्यवसायी गरेको देखेर बुवा आमा पनि खुशि हुनुहुन्छ, गोपालले भने । ’

‘पहिला पहिला जागरि छोडेर यो व्यवसायीमा लाग्न देखेर गाउँका केहि दाजुभाई र इष्ट मित्रहरुले जागिर छाडेर गाइपालनमा लाग्यो, बोलायो समेत भने, तर अहिले मेरो व्यवसाय राम्रो देखेर बेकारमा भनियो भन्नेहरुछन्, उनले भने,–‘मेरो व्यवसायी देखेर गोपाल जस्तौ हामिले पनि व्यवसायी गर्नुपर्छ भनिरहेकाछन्, कसरी गर्ने भन्ने मकहा सल्लाहा लिन आउने गरेकापनिछन ।’