सन्तोषकुमार गुप्ता
देउखुरी २८ साउन
देउखुरीका युवाहरुले भने हामीलाई बैदेशिक रोजगार होईन् स्वदेशमै केही गर्न अवसर दिनु पर्ने बताएका छन् । १६ औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सिसहनियाँ युवा सञ्जाल, बिहानी रेडियो स्रोता समूह लठहवा र नवसाहसी युवा क्लब सिसहनियाँको सयुक्त आयोजना एवम् सिसहनियाँ गाविसको सहयोगमा शुक्रबार शंकर मावि पिपरीमा आयोजना गरिएको बोल्ने युवाहरुले हामी श्रम बगाउन विदेश होईन पैसा कमाउन स्वदेशमै केही गर्न खोजेको बताएका छन् ।
सिसहनियाँ युवा सञ्जालका अध्यक्ष गौरीशंकर पाण्डेको अध्यक्षता एवम् शंकर माध्यमिक विद्यालयका सह—प्रधानध्यापक सुवर्णमान चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राज्य युवा अधिकार संगै अवसर प्रदानका लागि ठोस योजना अघि सार्नु पर्ने बताएका थिए । उनीहरुले जब सम्म स्वदेशमै युवाहरुलाई उत्पादनमुखी कार्यमा युवा परिचालन गर्न सकिदैन तब सम्म जति नै गरे पनि युवाहरुको भावना सम्बोधन नहुने बताएका थिए ।
युवा दिवसको अवसरमा आयोजित युवा अधिकार आजको आवश्यकता बिषयक बतृत्वकला प्रतियोगितामा बिहानी रेडियो स्रोता समूहकी बिनिता चौधरी प्रथम, शंकर माविकी अस्मिता सुन्दास द्धितिय, ज्ञानोदय माविकी बालमति चौधर ितृतीय, शंकर माविका सुनिल सुन्दास सान्तवना हुनु भएको छ ।।
सिसहनियाँ गाविस कार्यालय परिसरबाट शुरु भएको सयौँ युवाहरुको ¥यालीले विभिन्न युवा अधिकार सम्बन्धी नारा लगाउँदै सिसहनियाँ बजार परिक्रमा गरी शंकर मावि पिपरीमा आई औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ओमप्रकाश गुप्ताले गर्नु भएको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।