सम्मानित हुने खेलाडी दुईजना मध्ये मनोज वैश्य क्रिकेटका जिल्लाका पहिलो अन्तराष्ट्रिय खेलाडी हुन भने राजविर सिहं हालसालैका उमदा खेलाडी हुन ।
शनिवार आयोजित सम्मान कार्यक्रममा तुलसीपुर क्रिकेट एकाडेमीलाई खेलसामाग्री समेत हस्तान्तरण गरिने त्रिशिद्धिश्वरी स्पोर्टस क्लव तुलसीपुरले जनाएको छ ।
क्लवले सिपी मल्टी प्रपोज मिडिया प्रालि तुलसीपुरको प्रायोजनमा क्रिकेट खेल सामाग्री र जिल्लाबासी दुई जना अन्र्तराष्ट्रिय स्तरका क्रिकेट खेलाडीलाई सम्मान गर्न लागेको अध्यक्ष डाँगीले बताए ।
