थाइल्याण्डको प्रशिद्ध रिसोर्ट ह्वा हिनमा बिस्फोट भएको हो । ५० मिटरको दूरीमा रहेका दुई वटा गमलामा राखिएका बम आधा घण्टाको अन्तरालमा मोबाइल मार्फत बिस्फोट भएको प्रहरी अधिकारीले बताएका छन् । तटीय क्षेत्रमा रहेको रिसोर्ट विदेशी तथा थाइल्याण्डका पर्यटक माझ निकै लोकप्रिय छ ।
थाइल्याण्डका दक्षिणका तीन प्रान्तमा बिस्फोटको घटना सामान्यतया हुने गरेका छन् । किनकी ती प्रान्तमा बिद्रोही गतिविधि तीब्र छन् । तर पर्यटकीय क्षेत्रमा भने आक्रमण हुने गरेको थिएन ।
