अर्ध बेरोजगारीमा रहेका ३६ प्रतिशत युवा शक्ति उत्पादन र सीपसँग जोडिन सकेका छैनन् । स्नातक युवा बेरोजगार २६।१ प्रतिशत छ । युवा महिलाको ३६ प्रतिशत घरायसी कामकाजमा सीमित बन्न पुगेका छन् भने कृषिमा ५०।५ प्रतिशत युवा संलग्न छन् ।
श्रम बजारमा बर्सेनी साढे पाँच लाख युवा थपिन्छन् र तीमध्ये साढे चार लाख रोजगारका लागि विदेशिन्छन् । श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र दुई प्रतिशत दक्ष जनशक्ति छन् । स्वदेशमै अडिएका एक लाखमध्ये अधिकांश अदक्ष वा अर्धदक्ष छन् ।
युवा तथा खेलकुद मन्त्रालयका अनुसार विश्व युवा विकास सूचकाङ्कमा नेपाल १४५ औँ स्थानमा छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाका रूपमा परिभाषित गरिएको छ र युवाको जनसङ्ख्या एक करोड छ लाख छ ।