यसअनुसार सातवटा चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनका लागि इच्छा देखाएको रेल विभागका महानिर्देशक अनन्त आचार्यले राससलाई जानकारी दिनुभयो ।
मानिस आवतजावत र सामान ढुवानीका लागि पनि रेलमार्गमा समय कम, सस्तो र सहज हुन्छ । चीनको सिगात्सेसम्म रेलमा ल्याई त्यहाँबाट ट्रकमा हालेर ल्याइएको सामान १५ दिनमा काठमाडौँ आइपुगेको थियो । भारतको कलकत्ता बन्दरगाहबाट ल्याइएको सामान काठमाडौँ आइपुग्न ४५ दिनसम्म लाग्ने गरेको छ । भारतले गत वर्ष विशाखापट्नम् बन्दरगाह खोलेपछि छिटो सामान ढुवानी भएको थियो ।
