महेश के.सी./रुकुम
केहि वर्ष पहिला मुसीकोट नगरपालिकाका रविलाल नेपाली कपडा सिलाउँन विष्टमानको (कपडा सिलाउने) घर–घर जानु पथ्र्याे । कहिले कसो घरमै सिलाए पनि उनीले सिलाए वाफत रुपयाँ पाउँदैथे । वर्षभरी सिलाएको ज्याला स्वरुप उनले एक घरवाट दुई–चार पाथी अन्नवाली मात्र पाउथे । त्यहि अन्नवालीले उनी घर परिवार चलाउथ्ये भने छोरो छोरीलाई शिक्षा दिक्षा गराउने खर्च निकाल्थे । चाहेको बेला पैसा नहुँदा अन्नबाली विक्रि गरेर पैसा जम्मा गर्ने गरेको उनी बताउँछन् । तर अहिले उनी न कसैको घरमा सिलाउँन जानुपर्छ न त पैसा आवश्यक पर्दा अन्नबाली नै विक्रि गर्नु पर्ने वाध्यता छ । समयको विकासक्रम संगै उनको दैनिकी पनि परिवर्तन भएको छ । उनी जिल्ला सदरमुकाम मुसीकोट खलंगामा सिलाइ कटाइ सेन्टर र कपडा पसल सञ्चालन गरेका छन् । दैनिक सिलाए वाफत पैसा लिन्छन् । समयको परिवर्तन संगै आफु पनि फेरिएको उनी बताउँछन् ।
जिल्लामा विस्तारै खलो पर्थाको अन्त्य हुदै गएको छ । उनी मात्र होइन यहाँका दलित समुदाय अन्तरगत पर्ने दमाई समुदायका वासिन्दाहरु अहिले सिलाई कटाइलाई आधुनिकिकरणमा रुपान्तरण गरि व्यवसायी बन्दै गएका छन् । वजार देखि गाउँ सम्म विस्तारै खलो पर्थाको अन्त्य हुदै गएको दलित अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश बिकले जानकारी दिए । गाउँ–गाउँमा सडक विस्तार संगै बजार बन्न थालेपछि ग्रामिण क्षेत्रका उक्त समुदाय व्यवसायमा लागेका छन् । खलो पर्थाले घरपरिवारको पालनपोषण र छोराछोरीको शिक्षा दिक्षामा समस्या भएपछि विस्तारै खलो पर्थाको अन्त्य हुदँै गएको रविलाल नेपाली बताउँछन् ।
जिल्लाका कतिपय स्थानमा अझै खलो पर्था कायमै भएपनि यसको समयानुसार अन्त्य हुनु पर्नेमा उनले जोड दिए । अहिले खलोवाटै घरपरिवार चलाउन गाह्रो भएकाले पनि यसको अन्त्य गर्नु पर्ने उनको भनाई छ । सिलाइ कटाई पेशा आधुनिकिकरण र व्यवसायिक बन्दै गए पछि यहाँका यी समुदाय खुशी भएका छन् । उनीहरुको आर्थिक जीवन स्तरमा समेत परिवर्तन देखिन थालेको छ भन्छन् दलित बुद्धिजीवि नरवहादुर नेपाली । विभिन्न संघ संस्थाले समेत सिलाइ कटाई सम्बन्धि तालिमहरु दिन थालेका छन् । सिम्लीका ले दैनिक एक हजार सम्म कमाइ गर्छन् । उनी खलोमा काम गर्दा निक्कै समस्या थियो । तर अहिले उक्त समस्या केहि कम भएको बताउँछन् ।
व्यवसायमा राम्रै आम्दानी हुन थाले पछि पछिल्लो पुस्ताका युवाहरु पनि यो पेशामा आकर्षित भएका छन् । महिनाबारी उनीहरुले सरदर १५ देखि २५ हजार सम्म आम्दानी गर्ने गरेका छन् । रुकुमकोटका हरिवहादुर परियार पनि आफ्नै पसलमा दिनभरी काम गर्छन् । खलो पर्था छाडेर व्यवसायमा हात हालेका परियारले अव उक्त प्रथा हटाएर व्यवसायमा लाग्नु पर्ने बताए । खाराकी खिमा परियार सिम्रुतुमा सिलाइ कटाई गरेको तीन वर्ष बित्नै लाग्यो । अहिले उनी सिलाउँन जाने घरका पसलमै आएर सिलाउँछन् । सिलाए वाफत रुपैयाँ दिन्छन् । आफ्नो दैनिकी सहजरुपले चल्दै आएको उनले बताइन् । खलो पर्थाले जीवन चलाउन मुस्किल भएपछि यहाँका युवाहरु रोजगारीका लागि विदेश जान गरेका थिए । अहिले उनीहरु जिल्लामै व्यवसाय गरि रहेका छन् ।
टेकवहादुर नेपाली पनि घरपरिवार चलाउन समस्या भएपछि रोजगारीका लागि विदेश गए । विदेशबाट फर्किदा जिल्लामा उनले छाडेर विदेश गएको पेशामा निक्कै परिर्वतन आएको छ । पहिला अन्नवालीले मात्र नपुग्ने भएपछि विदेश गए नेपालीले भने, ‘विदेशवाट आउँदा यो पेशामो आकर्षण बढेको रहेछ ।’ अब यहि बसेर सिलाइ कटाई गर्ने उनले बताए । जिल्ला सिलाई कटाई संघका अनुसार अहिले सम्म जिल्ला भरी सय भन्दा बढि सिलाइ कटाई व्यवसायहरु सञ्चालन भएका छन् । यस व्यवसायमा निक्कै आकर्षण भएको मुसीकोट खलंगाका यज्ञवहादुर परियार बताउँछन् । यो पेशा थोरै लगानीमा धेरै आम्दानी हुन थाले पछि अरु समुदायका वासिन्दाहरु पनि यसमा संलग्न छन् ।