नेपाल पत्रकार महासंघका पूर्व महासचिवका पिता केसीको निधनको खबरले सिङ्गो सञ्चार जगत स्तव्ध बनेको छ । यसैबीच केसीका पिताको असामयीक निधनप्रति नेपाल पत्रकार महासंघले दुःख ब्यक्त गरेको छ । महासंघका अध्यक्ष महेन्द्र बिष्टले एक शोक विज्ञप्ति प्रकाशित गरि मृतकको आत्माको चिरशान्तिको कामना गर्दै समवेदना व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका व्यक्तिहरुले समेत फोनमार्फत केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् । यसैबीच मल्टिपल मिडिया प्रालिका अध्यक्ष तेजबहादुर कार्कीले प्रालिका शुभचिन्तक पोषण केसीका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कार्कीले एक शोक विज्ञप्ति जारी गरि पोषण केसीका पिता गुरुप्रसाद केसी एवं नाताले बाजेपर्ने केसीको परिवारजनमा परेको शोकको घडिमा ईश्वरले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् ।
त्यसैगरी रिपोर्टर्सं कल्ब दाङका अध्यक्ष शरद रेग्मी र सचिव बिमल गौतमले विज्ञप्तिमार्फत केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् । यसैविच स्वर्गिय केसीको आज बिहान बा“के खासकुश्मा–९ लौकी स्थित बबई नदीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।