रौतहट, २७ साउन
रौतहटमा १३ वर्षीया एक किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन् ।
मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका छोपेर जबरजस्ती बलात्कार गरेको पीडितले बताइन् । घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए ।
बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात(खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो ।
राजेश महराले हात(खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको किशोरीले आफ्नी आमालाई बताएकी छन् ।।