इन्द्रेणी संवाददाता
तुलसीपुर, ९ बैशाख
तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस व्यवसायी समितिले गाडिको छत तथा ढोकामा झुण्डिएर यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ । ग्रामिण क्षेत्रका सडकहरुमा व्यापकरुपमा छत र ढोकामा बसेर यात्रा गराईरहेको भन्ने गुनासो आएपछि समितिले चालक, यात्रु तथा गाडि धनिहरुलाई त्यस्तो आग्रह गरेको हो ।

विज्ञप्तीमा कोही कसैले नियम विपरित यात्रा गराएको पाईएमा कारवाही गर्ने चेतावनी दिइएको छ ।।