कमान सहयात्री पिएम
रोल्पा, २७ साउन
व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तिमगरले हिमाल पहाड तराईमा बसोबास गर्ने बिभिन्न जातजाति र सबै नेपाली नागरिकका पक्षमा नै नयाँ सँविधान बनेको बताउनु भयो । नेपाल आदिबासी जनजाति पत्रकार महासँघ ९फोनिज० को १७ औँ स्थापना दिवसको अवसरमा फोनिज रोल्पा शाखाले आज लिबाङमा आयोजना गरेको कार्यक्रममा सुभकामना मन्तव्य दिदै सभामुख घर्ति मगरले सँविधानमा केहि कुरा छुटेको भएपनि संसोधन गरेर लैजाने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी तथा फोनिजका केन्द्रिय सँगठन सचिव मनोज घर्ति मगरले १७ वर्ष पहिले काठ्मान्डौको अनामनगरको चिया पसलमा अग्रज पत्रकारहरुले चिया गफ कै क्रममा स्थापना गरेको सँस्था अहिले जिल्ला जिल्ला सम्म पुग्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो ।कार्यक्रमका विशिष्ट अतिथी घर्तिमगरले आदिबासी जनजातिका भाषा,धर्म,सँस्कार सँस्कृतिलाई बचाई राख्न र आदिबासी जनजातिका मुद्धाहरुलाई सम्वन्धीत ठाउँ सम्म पु¥याउन फोनिजले अग्रनि भुमिका खेल्नुपर्ने पनि बताउनु भयो ।
फोनिज जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष खुविना सुनारी मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सह–सचिव हर्क घर्तिमगरले गर्नु भएको थियो ।