काठमाण्डौ, ९ बैशाख
आन्दोलनमा विदेशीको समर्थन जुटाउन मधेसी दलले आज नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधिसँग छलफल गर्दै छन् । आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहका मधेसवादी दलहरुले विदेशी कुटनीतिक प्रतिनिधिको बिचार बुझ्न लागेका हुन् ।
यसअघि १९ चैतमा बसेको मोर्चाको बैठकले ६ वैशाखमा अन्तक्रिया कार्यक्रम गर्ने र ९ वैशाखमा विदेशी नियोगका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको थियो । आज कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गरेपछि मात्र आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने तयारी मधेसी मोर्चा र संघीय गठबन्धनको छ ।
मधेसी दलहरुले अर्को साताबाट सुरु गर्ने भनिएको आन्दोलन जिल्ला र क्षेत्र केन्द्रीत हुने भएको छ । आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे उनीहरुले निर्णय गरेका छैनन् ।।