रुपन्देही, २७ साउन
रुपन्देहीमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–२१ की ३० वर्षकी ज्योती कहारको सर्पले डसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
कहारलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो ।
उहाँलाई बुधबार बिहान सर्पले टोकेको हो ।।
