काठमाडौ, ९ बैशाख
सशस्त्र द्वन्द्वकालीन मुद्धालाई लिएर छ माओवादी एक ठाउँमा उभिएका छन् ।एकीकृत माओवादी अध्यक्ष प्रचण्डको आहृवानमा हिजो पेरिसडाँडामा विभाजित माओवादीहरुको भेला नै भएको थियो । बैठकमा विप्वल माओवादीका नेताहरु अनुपस्थित रहे भने नयाँ शक्ति नेपाल निर्माणमा लागेका बाबुराम भट्टराईको पार्टीका प्रतिनिधि भने सहभागी भएका थिए ।

माओवादी शीर्ष नेताहरुको बैठकले द्वन्द्वकालीन मुद्धा सत्य निरुपण र वेपत्ता आयोगले मात्र हेर्नु पर्नेमा जोड दिएको छ ।साथै अहिले सत्य निरुपण र वेपत्ता छानविन आयोगले उजुरी आहृवान गरेकाले कार्यकर्तालाई सहयोग गर्न कानुनी डेस्क नै बनाउने सहमति भएको छ ।वैशाख २० देखि २५ भित्र भेला नै आयोजना गर्ने तयारी भइरहेको माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिनुभएको छ ।।