
काठमडौ २७ साउन । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा बृद्धि भएको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो तीन वर्ष यताकै उच्च मूल्य हो । सुन हिजो तोलाको ५८ हजार ९ सयमा कारोबार भएको थियो ।
२०७० साल भदौ १२ गते सुन तोला भाउ सबैभन्दा उच्च ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसपछि विस्तारै ओरालो लागेर तोलाको ४७ हजार ७ सय रुपैयाँमा झरेको सुनको भाउ फेरि उकालो लागेको हो ।