दाङ, २७ साउन
दाङ देउखुरी जिल्ला अदालतले एक युवकलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको एकल इजलासले करणी मुद्दामा रुकुमको जाँङ गाविस ७ बस्ने ३३ वर्षका लालबहादुर बोहरालाई ५ बर्ष कैद तथा १५ हजार जरीवानको फैसला गरेको हो ।
रुकुमकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले गत असार ६ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।