घोराही, २७ साउन
बैदेशिक रोजगारीमा पठाईदिने भन्दै करिब ३ करोड रुपैयाँ ठगी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राम्रो कमाई हुने देशमा पठाईदिने भन्दै करिब ३ करोड रुपैयाँ ठगी गरेको अभियोगमा घोराही ११ का ४२ बर्षिय बलदेब थापालाई नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।
बिभिन्न व्यक्तिहरुलाई बैदेशिक रोजगारीका लागि पठाउने भन्दै उक्त रकम ठगी गरेको उजुरीका आधारमा आबस्यक अनुसन्धानका लागि प्रहरीको बिषेश टोलीले थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।