नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि चुनावी मैदानमा रहेको नन्दलाल बैश्य नेतृत्वको समाबेशी प्यानलले मंगलवारदेखि घरदैलो अभियान सुरु गरेको छ । अध्यक्षका उम्मेदवार बैश्य सहित उपाध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना र दुर्गा भण्डारी सहित उम्मेदवारहरुको टोलीले मंगलवार राँझा , खुजरा क्षेत्र र घरवारी टोल क्षेत्रका ब्यावसायीसंग भेट गरेको सदस्य पदका उम्मेदवार चिरञ्जीबी ओलीले जानकारी दिए ।उद्योग ब्यापार संघको बर्तमान नेतृत्व सहित एमाले सम्वद्ध उद्योगी ब्यवसायीहरु आगामी चुनाव भाँड्ने अभियानमा सक्रिय भइरहेको बताउँदै ओलीले सबै आस्था बिचार र साना ठुला सबै खाले ब्यावसायिहरुको साझा प्यानलका रुपमा रहेको समाबेशी प्यानले घर दैलो अभियान सुरु गरेको बताए ।
बाँके प्रहरीले आर्थिक वर्ष २०७२/०७३ मा उत्कृष्ट काम गरेका दुई प्रहरी नायव उपरीक्षक सहित ४३ जना प्रहरीलाई पुरस्कृत गरेको छ ।उत्कृष्ठ काम गरे बापत २ जना प्रहरी नायव उपरीक्षक, २ जना प्रहरी निरीक्षक, ५ जना प्रहरी नायव निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, १४ जना प्रहरी हवल्दार र १६ जना प्रहरी जवानलाई पुरस्कृत गरिएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले बताए ।उनले प्रहरी संगठनमा राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गरिएको जानकारी दिए ।प्रमुख राईका अनुसार आचरण विपरित काम गर्ने एक जना प्रहरी नायव निरीक्षक निलम्वनमा परेका छन् भने एक जना प्रहरी निरीक्षकको बढुवा रोक्का गरिएको छ ।