Indrenionline.com

वीर अस्पतालमा जीवनको भिख माग्दै २७ वर्षीया युवती

घोराही, २६ साउन । ब्रेन ट्यूमर विरामी त्रिपुर नगरपालिका–३ ठाटीगाउँ निवासी देवा बुढाथोकीलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ । बुढाथोकी परिवारले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी उपचारका लागि ठूलो रकम आवश्यक पर्ने र पारिवारकि आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग गरिदिन याचना गरेको हो ।

हामीलाई साँझ विहानको छाक काट्नै धौधौ छ, उता छोरी अस्पतालको वेडमा छ’, विरामीकी आमा इश्वरी वुढाथोकीले भन्नुभयो–‘लौना कसैको सानो सहयोगले छोरीको ज्यान वच्न सक्छ, सहयोग गरेर ज्यान बचाइदिनुप¥यो ।’

उहाँले छोरीको एक सातादेखि काठमाडोंको विर अस्पतालमा उपचार भइरहेको र उपचार खर्च ४ लाख वढी लाग्ने अस्पतालले बताएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पहिले सामान्य विरामीको ख्याल नहुँदा गाउँमै धामीझाक्री गर्दा एक लाख वढी खर्च भइसकेको र अहिले उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले सम्दो सहयोग गरिदिन आफन्त पुजा शाहीले बताउनुभयो । सहयोग गर्न चाहाने दाताहरुले पीडित बुढाथोकीकी आमा इश्वरी बुढाथोकीको मोवाइल नं. ९८४७८८०३७१ र छोरी ९८०९८२५८७४ मोवाइ नम्वरमा सम्पर्क गर्न सकिनेछ ।