Indrenionline.com

बाढीका कारण ३ हजार हेक्टरमा लगाइएको अन्नवाली नोक्सान

बाँके, २६ साउन
बाँकेमा यस वर्ष आएको बाढीका कारण झण्डै तीन हजार हेक्टर जमिनमा लगाएको अन्नबाली नष्ट बनाएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार बाढीले होलिया, मटैया, बेतहनी, गंगापुर, फत्तेपुर, सीतापुर, बनकटुवालगायतका गाविसमा सबैभन्दा बढी क्षति र्पुयाएको हो ।download

कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले राप्ती नदी, डुडुवा खोला, मानखोलालगायतका ठूला नदी र अन्य खोलामा आएको बाढीले खेतबारी डुबान र कटान गर्दा खेतमा लगाइएको अन्नबाली नोक्सान भएको जानकरी दिनुभयो ।

बाढीबाट झण्डै दुई हजार किसान प्रत्यक्ष प्रभावित भएको अनुमान कृषि कार्यालयको छ । बाढीले खेतमा लगाएको धान, मकै, रहर, तिललगायतका अन्नबाली, दलहन बाली र तेलहनबालीमा नोक्सान पारेको छ ।

बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको तथ्यांक संकलनको काम अन्तिम चरणमा पुगेको जानकारी दिदंै जिल्ला कृषि विकास कार्यालयका प्रमुख बस्नेतले २÷३ दिनमै सम्पूर्ण काम सकेर राहतका लागि केन्द्रमा सिफारिस गर्ने बताउनुभयो ।।