Indrenionline.com

सम्पत्ति विवरण नबुझाउने १३ सय सरकारी कर्मचारी कारबाहीमा

काठमाण्डौ, २६ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १ हजार ३ सरकारी कर्मचारीहरुलाई कारबाही गरेको छ ।aaa

नयाँ नियुक्ति पाएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएपनि नबुझाएको भन्दै अख्तियारले जनही ५ हजार जरिवाना गर्न सम्वन्धित निकायमा लेखी पठाएको छ ।

साथै उनीहरुलाई सम्पत्ति विवरण बुझाउन लगाउन पनि भनिएको छ ।

निजामती कर्मचारीहरुले नयाँ नियुक्ति पाएको र हरेक आर्थिक वर्ष सुरु भएको दुई महिनाभित्र सम्पत्ती विवरण बुझाउनुपर्ने व्यवस्था छ ।।