जनक नेपाली
दाङ, २६ साउन । रामपुरका दलित दम्पतिका लागि नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र अनेम संघ (क्रान्तिकारी) आवास निमार्णका लागि सहयोग गर्ने भएको छ । दुबैमोर्चाका तर्फबाट रामपुर ३ का नमबहादुर विक र आईत विकका लागि सहयोग गर्ने हो । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र अनेम संघ (क्रान्तिकारी) दाङको बुधवार घोराहीमा बसेको संयुक्त बैठकले २० हजार बरावरको ईट्टा सहयोग गर्ने निर्णय गरेको हो ।
विपन्न दलित समुदायका बृद्ध दम्पति पछिल्लो समय आवास नहुदा समस्या झेलि रहेको खवर संचार माध्यमबाट थाहा पाउदा सहयोग गर्न लागेको नेपाल राष्ट्रिय दलित मुक्तीमोर्चा दाङका अध्यक्ष जगत दलामीले वताउँनुभयो ।
मोर्चामा आवद्ध संवै सदस्यको एकदीन वरावरको खाजा खर्च कटाएर सहयोग गर्ने दलामीको भनाई छ । साथै आवास निमार्णका लागि दुबै मोचाका तर्फबाट एकदिन श्रमदान समेत गरिने अनेम संघ क्रान्तिकारी दाङका ईञ्चार्ज पुनम सेपाईलीले जानकारी दिनुभयो ।।
