इन्द्रेणी संवाददाता
रुकुम, ८ बैशाख
राप्ती लोकमार्ग अन्तर्गत सल्यानको शीतलपाटी र रुकुमको मुसिकोट जोड्ने सडक खण्ड अन्तरगत साखखोलामा निर्माण भएको पुल जीर्ण वन्दै गएको छ । द्धन्द्धको समयमा पक्की पुल निर्माण गर्न लामो समय लाग्ने र माओवादीले भत्काउन सक्ने भएपछि नेपाली सेनाले केहि वर्षका लागी बेलिब्रिज राखेर यातायात सन्चालनमा ल्याएको थियो ।

साना तथा हल्का सवारी साधनका लागी केन्द्रित गरी निर्माण गरिएको पुलको फलामे पाता उप्किदै गएको, बीचबीचमा प्वाँल परेको र फलामे पाता जडान गरिएका नटहरु पनि फुत्किएको इन्जिनियर पहल पुनले जानकारी दिनुभयो । गाडी वारपार झर्दा लच्किने समस्या भएपछि यातायात व्यवसायि र स्थानीयहरुले पुलको तत्काल मर्मतसम्भार गर्न आवश्यक रहेको वताएका छन ।।