डोटी, साउन २६
डोटीमा खोलाले वगाउँदा एक किशोरको मृत्यु भएको छ । कालिकास्थान–६ नुवाकोटमा ढाण खोलाले बगाउँदा १४ वर्षकी नौशरी बिकको ज्यान गएको हो ।
घटना सोमबारको भएपनि गाविस जिल्ला सदरमुकामबाट टाढा तथा सञ्चार सम्पर्क पनि नभएका कारण बुधबार मात्रै घटनाका बारेमा जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिमबहादुर मल्लले बताउनुभयो ।
उनीसँगै दाउरा लिएर घर पर्किंदै गरेका अन्य ५ जना महिला भने ज्यान जोगाउन सफल भएका छन् ।।