चितवन मेडिकल कलेजमा फेला परेका यी बिरामीमध्ये अधिकांश चितवनका हुन् । चितवनका मात्रै ३३ जनामा यो रोग देखिएको छ । छिमेकी जिल्ला नवलपरासी, रुपन्देही, मकवानपुरलगायत क्षेत्रबाट उपचारका लागि चितवन ल्याइएका बिरामी हुन् । यो तथ्याङ्क वैशाखदेखि साउनसम्मको हो । अहिलेसम्म यो रोगको परीक्षण जिल्लामा चितवन मेडिकल कलेजमा मात्रै हुने गरेको छ ।
उच्च ज्वरोसहित रुघाखोकी नै ‘स्कोसटाइफस’ को लक्षण हुन् । सुरुमा मुसाबाट सरे पनि पछि मानिस मानिसमा रोग सर्न सक्ने फिजिसियन डा। शशीजङ पाण्डे बताउनुहुन्छ । यो रोगको समयमा उपचार नभए मानिसमा स्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्न सक्ने र बिरामीको शरीरका भित्रि अङ्गले काम नगरेर बिरामीको ज्यान जाने गर्दछ । मुसाबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो रोग १० दिनपछि बिरामीलाई लक्षण देखिन थाल्छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा चालहरू आउनेजस्ता लक्षण देखिने यो रोगजस्तै लक्षण देखिएका बिरामी अहिले उपचार गराउन आउनेकोे चाप चितवनका अन्य अस्पतालमा पनि बढी नै भेटिन्छन् ।
